दाहाल र नेपाल पक्षको बैठकको वैधानिकता छैनः प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा अध्यक्ष केपी ओली समूहको प्रवक्ताको जिम्मेवारी पाएका नेता प्रदीप ज्ञवालीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल समूहले बोलाएको कुनै पनि बैठकको वैधानिकता नभएको बताएका छन ।
उनले बालुवाटारमा भएको ओली पक्षको केन्द्रीय कमिटी बैठकपछि ज्ञवालीले दाहाल र नेता माधव नेपाल समूहको बैठकको कुनै बैधानिकता नभएको बताएका हुन ।उनले पार्टीको बैठक बोलाउने महासचिव र अध्यक्षता गर्ने काम अध्यक्षको हुने भन्दै पार्टीको आधिकारिक मान्युट अर्को पक्षले गर्न नसक्ने बताए । उनले दाहाल र नेपाल पक्षको बैठकलाई ‘साथीभाइहरुबीचको छलफल’को संज्ञा दिएका छन ।














