प्रभु लाईफको आईपिओ बाँडफाँड यसै साता हुने « Arthapath.com
७ पुष २०७७, मंगलवार

प्रभु लाईफको आईपिओ बाँडफाँड यसै साता हुने



काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड हुने भएको छ । कम्पनीले निष्काशन गरेको आइपीओ यसै साताको शुक्रबारसम्म आईपिओ बाँडफाँड सम्पन्न गर्ने कम्पनीले जनाएको छ । प्रि–अलोटमेन्ट काम र पूर्व तयारीको कामहरु भइरहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । तथ्याङ्क प्रमाणिकरणको काम अन्तिम चरणमा पुगेकोले यसै साता बाँडफाँड गरिने कम्पनीले जनाएको हो । तर प्राविधिक समस्या उत्पन्न भएमा भजने ढिलो पनि हुन सक्ने बिक्री पबन्धक कम्पनीले जनाएको हो ।

प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि यही पुस २ गतेसम्म कूल ६० लाख कित्ता १०० रुपैयाँ अंकित आईपिओको लागि आवेदन खुल्ला गरेको थियो । १० लाख ८२ हजार १ सय ४३ जना आवेदकबाट २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ता शेयरका लागि आवेदन परेको छ । सो मध्ये ५ लाख ४२ हजारको हात खाली हुने भएको छ । गोलाप्रथाको माध्यमबाट ५ लाख ४० हजार लगानीकर्ताले जनही १० कित्ताको दरले शेयर प्राप्त कम्पनीले जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्