एचआईडीसीएलले बोलायो साधरण सभा, शेयरधनीले लाभांश नपाउने
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले साधारण सभा बोलाएको छ ।
हिजो बसेकोसञ्चालक समितिको बैठकले पुस २९ गते ९ औं वार्षिक साधारण सभा गर्ने बैंकले जनाएको छ । साधरण सभा बिहान ११ बजे कम्पनीको कार्यालय हात्तिसारमा बस्ने छ । साधारण सभा लागि पुस १७ गते शुक्रबार बुकक्लोज गर्ने जनाएको छ ।
त्यस्तै यसपाली कक्पनीका शेयर धनीले लाभांश नपाउने भएका छन । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो छ । साधारण सभाबाट कम्पनीले कोरोना कोषमा वितरण गरेको ५० लाख रुपैयाँ सहयोग अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने एक जना संचालकको चयन गर्ने विषय पारीत भएका छन ।


















