गृहमन्त्री बादल ओलीसमूहमा लागे, बामदेव गौतम के गर्लान ? « Arthapath.com
९ पुष २०७७, बिहीबार

गृहमन्त्री बादल ओलीसमूहमा लागे, बामदेव गौतम के गर्लान ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भंग गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएको छ । प्रचण्ड–नेपाल समूह र ओली समहूले छुट्टा छुट्टै गुटगत भेला गरिरहेका बेला गृहमन्त्री राम बहादुर थापा (बादल) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेब गौतम तठस्थ बसेका छन् । तर यतिबेला प्रचण्ड–माधव समहूले बादललाई आफ्नो समूहमा लाग्न बिन्ती गरिरहेका बेला बादल भने ओली समूहलाई साथ दिएको बादल निकट एक नेताले बताएका छन् ।

संसद विघटनदेखि आजसम्म आइपुग्दा कुनै समूहमा नलागेका बादल अन्ततः ओलीको पक्षमा लागेका छन । मंगलबार ओली पक्ष र प्रचण्ड —नेपाल पक्षको केन्द्रिय कमिटि बैठकमा उपस्थीत नभएका बादलले बुधबार ओलीसंग भेट गरेसंगै उनी ओलीतीर लागेको प्रष्ट भएको हो । पूर्वमाओवादीबाट लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालगायतका नेताहरुले यसअघि नै ओलीलाइ साथ दिएका छन् ।

स्रोतका अनुसार गौतमले ओली समूहलाई साथ दिने निर्णय गरेका छन् । तर गौतमले अहिलेसम्म कुन समूहलाई साथ दिने भनेर ठोस निर्णय भने गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्