कोरोनाले तीन महिनामा ४० अर्ब भन्दा बढिको निर्यात बढायो, ४ खर्बको आयात « Arthapath.com
२० पुष २०७७, सोमबार

कोरोनाले तीन महिनामा ४० अर्ब भन्दा बढिको निर्यात बढायो, ४ खर्बको आयात



“निकासी व्यापारको सुधार राष्ट्रिय अर्थतन्त्रको मूल आधार”
काठमाडौं । नेपाल निर्यात परिषद्को २३ औँ साधारण सभा पौष २२ गते हुने भएको छ । सोमबार ५ औँ निर्यात दिवसको अवसरमा पत्रकार सम्मेलन मार्फत पौष २२ गते साधारण सभा गर्ने जनाएको हो । 

परिषद्ले “निकासी व्यापारको सुधार राष्ट्रिय अर्थतन्त्रको मूल आधार” भन्ने मूलका नारा साथ ५ औँ निर्यात दिवस २०७७ सोमबार मनाएको हो ।

नेपाल निर्यात परिषद् बि.सं.२०५३ सालमा स्थापना भएको थियो । नेपाल निर्यात परिषद् सम्पूर्ण निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था भएकाले स्थापनाकालदेखि नै समग्र निर्यातकर्ताको हकहितको संरक्षण गर्दै आएको नेपाल निर्यात परिषद्का अध्यक्ष हरि बहादुर कार्कीले बताए । अध्यक्ष कार्कीले भने, “नेपाली वस्तुहरूको अन्तराष्ट्रिय बजारमा निर्यात प्रवर्द्धनमा प्रतिस्पर्धात्मक बनाउन परिषद्ले भूमिका खेलेको छ, निकासी अभिवृद्धि गरि निर्यात प्रवर्द्धनको माध्यमबाट व्यवसायको स्थायित्व संरक्षण तथा दिगो विकासमा टेवा पुर्याएको छ भने रोजगारी पनि सृजना गरेको छ ।” पछिल्लो समय कोरोना भाइरसले उधोग, कलकारखानामा प्रत्यक्ष प्रभाव परेकाले कही बन्द भएका र केही बन्द हुने अवस्थामा आएको कार्की बताउँछन् । 

आर्थिक वर्ष २०७५/०७६ मा ९७ अर्ब १० करोड ८८ लाख १३ हजार रुपैयाँको निर्यात भएको छ भने १४ खर्ब १८ अर्ब ५५ करोड ९४ लाख ३१ हजार रुपैयाँको आयात भएको छ ।  

त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ९७  अर्ब ७० करोड ९१ लाख ५ हजार रुपैयाँको निर्यात भएको छ भने ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँको निर्यात भएको छ । 

चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो त्रैमासमा भने ४ खर्ब २ अर्ब ४९ करोड १ लाख ७८ हजार रुपैयाँको आयात भएको छ भने ४० अर्ब २० करोड ६४ हजार रुपैयाँको निर्यात भएको नेपाल निर्यात परिषद्ले जनाएको छ । प्रत्येक वर्ष आयात बढेको छ भने चालु आ.व.मा आयात घटेको छ । यस बर्ष कोरोना भाइरसले गर्दा निर्यात बढेको एक जना निर्यातकर्ताले बताए ।

आगामी बर्षमा निकासीकर्ताको व्यावसायिक ऐक्यबद्धता गर्न, आयातमुखी बजारलाई निर्यातमुखी बनाउन, नेपाली वस्तुहरूको निर्यातमा प्रतिस्पर्धात्मक बढाउने लक्ष्य रहेको परिषदले जनाएको छ । 

त्यस्तै, नेपाली वस्तुहरूको विविधिकरण गरि निर्यात क्षेत्रको विस्तार गरि अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा जोड दिने तथा  कोरोना सङ्क्रमणले नेपाली निर्यातजन्य बस्तुहरूमा पुर्याएको असर समस्या समाधानको उपायहरू लगायत वस्तुहरूको प्रवर्द्धन र विकासको लागी अपनाउनुपर्ने अल्पकालीन मध्यकालीन र दीर्घकालीन रणनीतिहरू व्यवसायीसँग सहकार्य गरि निर्यात बढाउन जोड दिने अध्यक्ष कार्कीले बताए ।

तर, निर्यात व्यवसायमा चर्को हवाई भाडा, दक्ष जनशक्तिको अभाव, बैङ्गिक ब्याजदर बढि, बजार विविधिकरणको कमी जस्ता समस्याले निर्यातकर्ता समस्यामा परेको परिषद्ले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्