जुलुस निकालेर यो गर, ऊ गर भन्न हुँदैनः सभापति देउवा « Arthapath.com
२६ पुष २०७७, आईतवार

जुलुस निकालेर यो गर, ऊ गर भन्न हुँदैनः सभापति देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले काँग्रेसले अदालतको निर्णय पर्खिने र त्यसलाई मान्ने बताएका छन् ।

काठमाडौँको बूढानीलकण्ठमा शनिबार आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भन्ने, “अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, ऊ गर भन्न हुँदैन, हामीले अदालतको निर्णय पर्खिनुपर्छ र अदालतको निर्णयलाई काँंग्रेसले मान्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधिमा जान गरेको कदमलाई सर्वोच्च अदालतले सदर गरेमा काँग्रेस चुनावमा जाने सभापति देउवाले बताए ।


प्रतिक्रिया दिनुहोस्