पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड म्यानुअल सार्वजनिक « Arthapath.com
२९ पुष २०७७, बुधबार

पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड म्यानुअल सार्वजनिक



टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल टीआरटीएफ नेपालले जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा आज भर्चुअल रुपमा आयोजित कार्यक्रमबीच नेपालका पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड ९एचएचएस प्रोटोकल० म्यानुअल सार्वजनिक गरेको छ ।

कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा। स्टेफेन रोसेक र टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल टीआरटीएफ नेपालका संयोजक तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले एचएचएस प्रोटोकलको प्रशिक्षण–प्रशिक्षक तालिम म्यानुअल गर्नुभयो ।

कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा। स्टेफेन रोसेकले कोभिड–१८ विश्वव्यापी स्वास्थ्य संकटमात्र नभइ आर्थिक संकटसमेत भएको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउँदै यस क्षेत्रको पुनर्बहालीका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डले प्रभावकारी भूमिका खेल्ने बताउनु भयो ।

उहाँले जर्मन सहयोग संस्था जीआईजेडले नेपालको आर्थिक विकाससम्बन्धी विभिन्न सहयोगका कार्यक्रमहरू सञ्चालन गरिरहेको चर्चा गर्दै पर्यटनको विकासमा पनि जर्मन सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्