पूर्व मुख्यसचिव रेग्मी बेलायतको राजदूतमा नियुक्त
काठमाडौं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागी नेपाली राजदूतमा नियुक्त भएका छन ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए भने त्यही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।



















