सनराइज बैंकको नाफा एक अर्ब नजिक, अन्य सूचक यस्ता छन् « Arthapath.com
१४ माघ २०७७, बुधबार

सनराइज बैंकको नाफा एक अर्ब नजिक, अन्य सूचक यस्ता छन्



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सनराइज बैंकले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५३ प्रतिशत बढी नाफा कमाएको हो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ र शेयरधनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड हुँदा जगेडा कोषमा ३ अर्ब ६८ करोड रुपैयाँ र शेयरधनी कोषमा ७४ करोड ३६ लाख रुपैयाँ सञ्चित थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ०.८३ प्रतिशत बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको निक्षेप २.४२ प्रतिशत बढेर ९२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा ७.३४ प्रतिशत बढेर ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६ पैसाबाट घटेर २० रुपैयाँ १ पैसामा सीमित छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ६७ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १३.४९ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्