ज्योति बैंकको साधारण सभा आज हुँदै, गाभ्ने–गाभिने कार्य सञ्चालक समितिलाई अख्तियारी गर्ने « Arthapath.com
१४ माघ २०७७, बुधबार

ज्योति बैंकको साधारण सभा आज हुँदै, गाभ्ने–गाभिने कार्य सञ्चालक समितिलाई अख्तियारी गर्ने



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (माघ १४ गते, बुधबार) हुँदैछ । बैंकको पौष १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौँमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट गरिने भएको छ ।

सभामा बैंकको पौष २ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिने छ । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । सभामा हाल कायम ५४.३५५ संस्थापक हिस्सालाई घटाएर ५१५ कायम रहने गरी बाँकी शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । बैंकले सभा मार्फत शेयर संरचना परिवर्तन गर्ने भएको छ ।

अध्यक्षद्वारा आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्