ब्याज आम्दानी घटेपनि ज्योति विकास बैंकको नाफा ८.८२ प्रतिशत बढ्यो « Arthapath.com
१४ माघ २०७७, बुधबार

ब्याज आम्दानी घटेपनि ज्योति विकास बैंकको नाफा ८.८२ प्रतिशत बढ्यो



काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले २८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.८२ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

यस अवधिमा खुद ब्याज आम्दानी ६४ करोड ८० लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले ७३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा १२.०५ प्रतिशतले खुद ब्याज आम्दानी घटेको हो । यस अवधिमा बैंकको सञ्चालन मुनाफा ८.९५ प्रतिशतले बढेर ४३ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिमा निक्षेप संकलन ४४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ र कर्जा लगानी ३४ अर्ब ४९ करोड ६० लाख रुपैयाँ कर्जा गरेको छ । चुक्ता पूँजी ३ अर्ब ४९ करोड ५२ लाख रुपैयाँ, जगेडा कोषमा ८६ करोड ५९ लाख रुपैयाँ र शेयरधनी कोषमा ५१ करोड रुपैयाँ ९ लाख रुपैयाँ सञ्चित गरेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४९ पैसा छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको यस्तो आम्दानी १६ रुपैयाँ ७ पैसा थियो ।


प्रतिक्रिया दिनुहोस्