कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना « Arthapath.com
१४ माघ २०७७, बुधबार

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना



काठमाडौं । कुमारी बैंक लिमिटेडले ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहनदिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ ।उक्त उक्तयोजना अन्तर्गत २०७७ पौष १ पश्चात् कुमारी बैंकको मोबाइल एप्लिकेसन “ कुमारी स्मार्टमा ” रजिष्टर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेसन शुल्कमा रु १०० फिर्ता पाउनेछन् ।

सो रकमफिर्ता पाउनग्राहकहरुले रेजिस्ट्रेसन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्ट मार्फत रु २,००० सम्मको कारोबार गरेको हुनुपर्नेछ ।

सो कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानी लगायत स्कुलकलेजको फीत थामर्चेन्टको बिलभुक्तानी समेत सम्मिलित हुनेछन् । यो योजना सिमीत अवधीको लागी मात्र रहनेछ । सो REFUND योजनाले सेवाग्राहीहरुमा डिजिटल भुक्तानी प्रणालीतर्फ उत्साहजगाउने र डिजिटल प्रविधिको अधिकतमप्रयोग तर्फ डो¥याउनेमा बैंकका डिजिटल प्रमुख अनिष ताम्राकारले बताए ।

विगत २० वर्षदेखि निरन्तर आधुनिकबैंकिंग सेवासुविधाहरु दिंदै आएको कुमारी बैंकले डिजीटलीकरणलाई आत्मसाथ गर्दै देशव्यापी १ सय ९२ शाखा संजाल, १ सय ५६ एटिएम लगायत २३ शाखाराहित बैंकिंग ईकाईहरु मार्फत अझ द्रुत गतिमाप्रभावकारी बैंकिंग सेवा सुविधाहरु पुर्याउदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्