नाफामा आक्रामक बन्दै सहकारी बैंक « Arthapath.com
१६ माघ २०७७, शुक्रबार

नाफामा आक्रामक बन्दै सहकारी बैंक



काठमाडौं । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ । बैंकको गत आ.व.को सोहि अबधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अबधिमा बैंकको खुद व्याज आम्दानी बढेर ७३ करोड ६९ लाख पुगेको छ भने गत वर्षको सोहि अबधिमा खुद व्याज आम्दानी ५३ करोड ५ लाख रहेको थियो ।

बैंकको चालु आवको अर्धबार्षिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको २ अर्व ८३ करोड शेयर पुंजी सहित ५८ अर्ब २७ करोड निक्षेप संकलन गरी २७ अर्ब ४ करोड कर्जा लगानी गरेको छ,
त्यस्तै बैंकको जगेडा कोषमा १ अर्व ३ करोड ८९ लाख रहेको छ । ७७ जिल्लाका सबै खाले सहकारी संघरसंस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार ६ सय सहकारी संघरसंस्था सदस्य रहेका छन, भने बैंकका ७ प्रदेशमा ६८ शाखा कार्यालय रहेका छन ।


प्रतिक्रिया दिनुहोस्