सबैको लघुवित्तले ११.०५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले ११.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हिजोे बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको साधारण सभाले पारित गरेपछि शेयधरनीलाई वितरण गर्ने कम्पनिले जनाएको छ ।