आइतबार पछिल्लो २४ घण्टामा ११९ संक्रमित थपिए, २ जनाको ज्यान गयो « Arthapath.com
२५ माघ २०७७, आईतवार

आइतबार पछिल्लो २४ घण्टामा ११९ संक्रमित थपिए, २ जनाको ज्यान गयो



काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा नेपालमा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेकोे संख्या २ हजार ३८ पुगेको छ ।

हाल ९२ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा २ हजार २ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा १ सय १९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९३ हजार ४ सय १७ पुगेको छ ।

गत २४ घण्टामा २ सय ६० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल ६७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ५६ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्