प्रुडेन्सियल इन्स्योरेन्सको विज्ञ सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त « Arthapath.com
२६ माघ २०७७, सोमबार

प्रुडेन्सियल इन्स्योरेन्सको विज्ञ सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विज्ञ सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डा. आत्रेयलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरेको कम्पनिले एक सुचना जारी गदै जानकारी दिएको छ ।

नवनियुक्त भएका सञ्चालक डा. आत्रेयले एक कार्यकाल अर्थात आगामी चार वर्षसम्म संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् ।


उनी यसअघि पनि सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालक थिए । उक्त पदमा चार वर्षे कार्यकाल सकिएसँगै सो कम्पनीबाट बिदा भएका हुन् ।

डा. आत्रेय हाल इमर्जिङ्ग नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत हुन ।


प्रतिक्रिया दिनुहोस्