सोनाम ल्होछारमा माघ ३० गते सार्वजनिक बिदा « Arthapath.com
२७ माघ २०७७, मंगलवार

सोनाम ल्होछारमा माघ ३० गते सार्वजनिक बिदा



काठमाडौँ । सोनाम ल्होसारको दिन माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो । तामाङ समुदायको मुख्य पर्वका रुपमा रहेको सोनाम ल्होसारमा बिदा कटौती नगर्न सरोकारवालाले माग गर्दै आएका थिए सोही अनुरुप हिजोको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्