एनआईसीको Valentine’s Day विशेष योजना ‘Celebrate Love with NIC ASIA Bank’ « Arthapath.com
२७ माघ २०७७, मंगलवार

एनआईसीको Valentine’s Day विशेष योजना ‘Celebrate Love with NIC ASIA Bank’



काठमाडौं । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने Valentine’s Day को अवसरमा एन आई सी एशिया बैंकले गतिशील बैंकिङ्गको निरन्तरता स्वरूप आफ्ना ग्राहकहरूको लागि ‘Celebrate Love with NIC ASIA Bank’ भन्ने योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकले ग्राहकहरूलाई लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, QR भुक्तानी तथा IPG Gateway च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने हेतुले डिजिटल च्यानलमार्फत कारोबार गर्नुहुने २० जना भाग्यशाली ग्राहकहरूलाई नेपालको उत्कृष्ट तारे होटलमा Valentine’s Day को दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्नेछ ।

बैंकले माघ २८ गतेदेखि पाल्गुन १ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत QR कोड स्क्यान गरी कारोबार गर्नुहुने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्नुहुने, डेबिट वा क्रेडिट कार्डमार्फतPOS द्वारा भुक्तानी गर्नुहुने र ई–कमर्शमार्फत कारोबार गर्नुहुने गरी ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकहरूलाई गोलाप्रथामार्फत छनौट डिनरको लागि समावेश गरिनेछ । योजना अवधिभर रू. ५०० भन्दा बढीको कारोबार गर्ने ग्राहकहरूलाई मात्र गोलाप्रथामा सामेल गरिनेछ भने सो रकमभन्दा बढी कारोबार गर्नुहुने ग्राहक महानुभावहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ । काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट हुनुभएका ग्राहकहरूको लागि उहाँहरूलाई पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिनेछ । उल्लेखित ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १÷१ जनालाई बैंकले थप आकर्षक उपहारको व्यवस्था मिलाएको छ । त्यसैगरी नयाँ ग्राहक महानुभावहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नुहुने मध्येबाट प्रथम १०० जनालाई बैंकले रू. १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ । यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन । यस योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्