प्रभु बैंक ४ अर्बको ऋणपत्र निष्काशन गर्दै, बोर्डमा दियो निवेदन « Arthapath.com
२८ माघ २०७७, बुधबार

प्रभु बैंक ४ अर्बको ऋणपत्र निष्काशन गर्दै, बोर्डमा दियो निवेदन



काठमाडौं । प्रभु बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । बैंकले माघ २५ गते आइतबार सेबोनमा निवेदन पेश गरेको हो ।

बैंकले १० वर्ष अवधिको लागि ४ अर्ब बराबरको ‘१० वर्ष, ८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर, २०८७’ नाम गरेको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न निवेदन पेश गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकको उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्