घरबाटै नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ « Arthapath.com
२९ माघ २०७७, बिहीबार

घरबाटै नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकि छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै निवास शंखमुलबाट बिहीबार पक्राउ गरेको हो ।

झाँक्रीले केही दिनअघि नेकपा सिरानचोक गाउँ कमिटी गोरखाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीको चरित्रमाथि नै प्रश्न उठाएकी थिइन् ।

प्रहरीले भर्खरै पक्राउ पुर्जी लिएर झाँक्रीको घरमा पुगेको छ । पक्राउ पुर्जी पढेर अनेरास्ववियूका नेतृ आरती लामाले सुनाएकी थिइन् । महानगरीय अपराध महाशाखाले उनलाई राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्