सरकारले पीसीआर परीक्षणको शुल्क घटायो , अब १ हजार रुपैयाँमा नै परीक्षण गरिने « Arthapath.com
२९ माघ २०७७, बिहीबार

सरकारले पीसीआर परीक्षणको शुल्क घटायो , अब १ हजार रुपैयाँमा नै परीक्षण गरिने



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को परिक्षण गर्न शुल्क घटाइएको छ । नेपाल सरकारले पीसीआर परीक्षणको शुल्क १ हजार रुपैयाँमा झारेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड–१९ नमुना परीक्षणकालागि १ हजार रुपैयाँ निर्धारण गरेको हो । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले सो जानकारी दिएको हो ।

मन्त्रालयलको माघ २८ गते आईसीएसका पदाधिकारीसहितको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धित बैठकले निर्णय गरेको जनाएको छ ।

यसअघि मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने पीसीआर परीक्षण शुल्क २ हजार रुपैयाँ तोकेको थियो ।


प्रतिक्रिया दिनुहोस्