नेपाल लाइफको नाफामा २२.४७ प्रतिशत छलाङ, बीमा शुल्क १७ अर्व नाघ्यो « Arthapath.com
३० माघ २०७७, शुक्रबार

नेपाल लाइफको नाफामा २२.४७ प्रतिशत छलाङ, बीमा शुल्क १७ अर्व नाघ्यो



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा इन्स्योरेन्सले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा यस बर्ष २२.४७ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले खुद बीमाशुल्क १३ अर्ब ९१ करोड १० लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट १ करोड ९८ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट ३ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी, बीमालेख धितोमा १७ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरी ९८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै यस अवधिमा चुक्त पूँजी ७ अर्ब १९ करोड रुपैयाँ, जगेडा कोषमा १ अर्ब ५ करोड ३४ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ र महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा १३ लाख ३५ हजार ४६७ बीमालेख कायम रहेको यस इन्स्योरेन्सले १ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा इन्स्योरेन्सले २६ हजार ४८३ दाबीबापत ५ अर्ब २४ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने अझै १ अर्ब २९ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९४ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्