शिखर इन्स्योरेन्सको खुद नाफा २४ करोड १४ लाख, बीमा शुल्क आर्जन ७४ करोड ४५ लाख रुपैयाँ « Arthapath.com
३० माघ २०७७, शुक्रबार

शिखर इन्स्योरेन्सको खुद नाफा २४ करोड १४ लाख, बीमा शुल्क आर्जन ७४ करोड ४५ लाख रुपैयाँ



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको यस अवधिको तुलनामा यस बर्ष कम्पनीले २ करोड ५३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको हो ।

त्यस्तै, यस अवधिमा इन्स्योरेन्सले ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा इन्स्योरेन्सले ७२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ८९ लाख रुपैयाँ बढि बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै, कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशनबापत २८ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ भने लगानी कर्जा तथा अन्यबाट ११ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ, जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको यस अवधिसमा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ, जगेडा कोषमा ६७ करोड ३१ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ५ करोड रुपैयाँ सञ्चित थियो ।

पुस मसान्तसम्ममा १ लाख ४६ हजार ६३७ बीमालेख जारी गरी २ अर्ब ११ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको ३६ हजार १२१ बीमालेख नवीकरण गरिएको छ। त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले ९ हजार ५५१ दाबीबापत १ अर्ब ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १२ हजार ६०४ दाबी बापत १ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

दोस्रो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ १३ पैसा रहेको छ । त्यसैगरी, इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २६७.९७ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्