नेशनल लाइफले ४० प्रतिशत खुद बीमा शुल्क आर्जन गर्यो, जीवन बीमा कोष ३८ अर्ब भन्दा बढि « Artha Path
३० माघ २०७७, शुक्रबार

नेशनल लाइफले ४० प्रतिशत खुद बीमा शुल्क आर्जन गर्यो, जीवन बीमा कोष ३८ अर्ब भन्दा बढि



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा ३ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा ४० प्रतिशत बढी खुद बीमाशुल्क आर्जन गरेको हो ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ०.२६ प्रतिशतले बढि हो ।

त्यस्तै, यस अवधिमा चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ, जगेडा कोषमा १ अर्ब २४ करोड रुपैयाँ र जीवन बीमा कोषमा ३८ अर्ब १ करोड रुपैयाँ संचित रहेको छ । गत आवको यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३० अर्ब १५ करोड लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीमा ९ लाख ३ हजार ९ सय ६० वटा बीमालेख जारी गरिएको छ । यस अवधिमा कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ४० करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्