लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद मुनाफा ११ करोड ५६ लाख « Arthapath.com
३० माघ २०७७, शुक्रबार

लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद मुनाफा ११ करोड ५६ लाख



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ अर्ब ६१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन ९ अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको जीवन बीमा कोष पनि २१ प्रतिशतले बढेर ७४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यस अवधिमा जीवन बीमा कोषमा ६१ अर्ब रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ र जगेडा कोषमा ६३ करोड ४० लाख रुपैयाँ छ ।

कम्पनी दोस्रो त्रैमाशिक अवधिमा खुद मुनाफा ५० प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा ११ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो। विभिन्न क्षेत्रमा गरेको लगानीबाट कम्पनीले २ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

अधिकर्ताले बीमा पोलिसी बिक्रीबाट १ अर्ब एक करोड रुपैयाँ कमिसन पाएका छन् । कम्पनीको पोलिसी संख्या ५.९४ प्रतिशतले घटेर ७ लाख ६ हजार वटा पोलिसी संख्या बिक्री गरेको छ । प्रतिशेयर आम्दानी भने ११ रुपैयाँ छ।


प्रतिक्रिया दिनुहोस्