सानिमा जनरल इन्स्योरेन्सको २ करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी, नाफा ६२.२८ प्रतिशतले बढ्यो « Arthapath.com
३० माघ २०७७, शुक्रबार

सानिमा जनरल इन्स्योरेन्सको २ करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी, नाफा ६२.२८ प्रतिशतले बढ्यो



ipo

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क ६ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.१९ प्रतिशतले बढी आर्जन गरेको हो ।

यस अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६२.२८ प्रतिशतले बढी हो ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोषमा ६ करोड ३१ लाख रुपैयाँ, बीमा कोषमा ७ करोड १४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी ५८ प्रतिशतले बढी हो ।

कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिशेयर नेटवथ ११४ रुपैयाँ १८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्