स्वस्तिक लघुवित्तको २ दिने क्षमता अभिबृद्धि तालिम प्रदान « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

स्वस्तिक लघुवित्तको २ दिने क्षमता अभिबृद्धि तालिम प्रदान



काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० र फागुन १ गते शाखा कार्यालयमा कार्यरत फिल्ड कर्मचारिहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ ।

तालिममा उपस्थित शाखा कार्यलयका कर्मचारिहरुलाई संस्थाका प्रमुख कार्यकारि अधिकृत जीवन खनालले तालिमको उद्देश्य तथा तालिमबाट प्राप्त ज्ञानलाई दैनिक कार्य र व्यक्तिगत जीवनमा पालना गरे सदैव सफलता प्राप्त हुने जानकारि गराउनु भयो ।

फिल्ड कर्मचारिहरुलाई कर्जा ब्यवस्थापन, धितो कर्जाको महत्व तथा व्यवशाय अभिबृद्धि सम्बन्धि तालिम विभागीय प्रमुख भगवानी साहले, लेखा व्यवस्थापन, सुचना प्रविधिका बारेमा विभागीय प्रमुख तोयानाथ पोखरेलले तथा कर्मचारि कार्यसम्पादन मुल्याँकन, संस्थामा कर्मचारिको भुमिका, दैनिक कार्यसंचालनका बारेमा विभागीय प्रमुख धिरेन्द्रलाल कर्णले साथै दैनिक कार्य गर्दा आईपर्ने कठिनाईहरु, लघुवित्तका आगामि दिनका चुनौतीहरु र सो चुनौतिको समाधानहरु तथा कुशल कर्मचारिले गर्नु पर्ने समय व्यवस्थापनका बारेमा प्रमुख कार्यकारि अधिकृत जीवन खनालले तालिम प्रदान गर्नु भएको थियो ।

लहान, सिराहामा केन्द्रीय कार्यालय रहेको यस वित्तिय संस्थाले स्थापनाको छोटो समयमा १२ वटा शाखा कार्यालयहरु मर्फत ११,२५० विपन्न वर्गका महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा पु्याएको तथा १.१९ करोड संचालन मुनाफा कमाएको संस्थाका कार्यकारी प्रमुख जीवन खनालले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्