कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गदै छ ।

संसद विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको काग्रेसले आजको प्रदर्शनमा व्यापक सहभागिताका लागि आह्वानसमेत गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आजको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल पनि गरेका छन् ।

‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ। पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।’ देउवाले भनेका छन् ।

नेपाली कांग्रेस एवं भ्रातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरिसकेका छन ।


प्रतिक्रिया दिनुहोस्