किसान लघुवित्तले छलाङ मार्दै ७३१.१७ प्रतिशतले बढ्यो नाफा, अन्य सूचकमा पनि आयो चमक « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

किसान लघुवित्तले छलाङ मार्दै ७३१.१७ प्रतिशतले बढ्यो नाफा, अन्य सूचकमा पनि आयो चमक



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यस अवधिमा संस्थाले ४४ लाख ७६ हजार खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा ७३१.१७ प्रतिशतले बढी नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीको यस अवधिमा सञ्चालन मुनाफा पनि ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत वर्ष यस्तो मुनाफा २४ लाख ४४ हजार रुपैयाँमा सीमित थियो ।

यस अवधिमा कम्पनीले १७ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी ३ करोड ८९ लाख रुपैयाँमा सीमित थियो ।

संस्थाले ३ अर्ब ९८ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष संस्थाले १ अर्ब ५९ करोड रुपैयाँ सापटी लिई १ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

कम्पनीको यस अवधिमा चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, संस्थाको रिजर्भको आकार गत वर्षको तुलनामा ११७७.४५ प्रतिशतले बढेर १० करोड ८० लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष रिजर्भमा ८४ लाख ६१ हजार रुपैयाँमा सीमित थियो । संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.४७ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्