ओलीको नेतृत्वमा सरकार बनेको १ हजार ९३ दिन पुग्यो, ११ महिनापछि सिंहदरबार प्रवेश « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

ओलीको नेतृत्वमा सरकार बनेको १ हजार ९३ दिन पुग्यो, ११ महिनापछि सिंहदरबार प्रवेश



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको १ हजार ९३ दिन पुगेको छ । यस अवधिमा उनले थुप्रै काम गरेको बताएका छन् । आफ्नो यस अवधिमा गरेका कामको जानकारी दिँदै उनले शुरुदेखि नै सरकार अपठ्यारोमा परेको बताए ।

ओलीले दोस्रोपटक २०७४ फागुन ३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । त्यसदिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । सरकारका तीन वर्ष पुगेकै उपलक्ष्यमा भूकम्पपश्चात् पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवनको उद्घाटन पनि गरिएको छ ।

सरकारका तीनवर्षे उपलब्धि सार्वजनिक गर्ने सिलसिलामा प्रधानमन्त्री झन्डै ११ महिनापछि सिंहदरबार प्रवेश गरेका छन् । २०७६ चैतबाट लकडाउन सुरु भएयता प्रधानमन्त्रीले बालुवाटारबाटै काम–कारबाही गर्दै आएका छन् । प्रधानमन्त्री पछिल्लोपटक २०७७ चैत २० गते सिंहदरबार गएका थिए ।


प्रतिक्रिया दिनुहोस्