महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौमा आज सम्पन्न भएको छ ।

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल ¥याडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

सभाले अध्यक्ष द्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५र७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको कम्पनिल जनाएको छ । सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित हुनु भएको घोषणा गरिएको थियो ।

त्यस्तै सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम शेयर निश्काशन गर्ने निर्णय गरेको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्