सोमबार ५ कम्पनिको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ? « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

सोमबार ५ कम्पनिको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेमा आज ५ कम्पनिको ७६ लाख १७ हजार १ सय ६३.९६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

आज बोनस शेयर सुचीकुत हुनेमा मुक्तिनाथ बैंक , कामना सेवा विकास बैंक त्यस्तै १ बीमा कम्पनी, १ लघुवित्त र १ जलविद्यतु कम्पनीको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको छ ।

आज शेयर सुचीकुत भएको मुक्तिनाथ विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ११.२५ प्रतिशत बोनस बापतको ४८ लाख ६५ हजार ६ सय १३.१७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै कामना सेवा विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ४.४० प्रतिशत बोनस बापतको ११ लाख १७ हजार ६ सय ८३.७९ कित्ता शेयर पनि आजै नेप्सेमा सूचीकृत भएको छ ।

यसैक्रममा एनएलजी इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको ७ लाख १७ हजार २ सय ५५ कित्ता शेयर सूचीकृत भएको छ ।

लक्ष्मी लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको ४ लाख १७ हजार ४ सय ५० कित्ता शेयर पनि आजै सूचीकृत भएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधनीहरुलाई दिएको ५ प्रतिशत बोनस बापतको ४ लाख ९९ हजार १ सय ६२ कित्ता शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्