आइएमई जनरल इन्स्योरेन्सको ७.३७ प्रतिशत लाभांश घोषणा « Arthapath.com
५ फाल्गुन २०७७, बुधबार

आइएमई जनरल इन्स्योरेन्सको ७.३७ प्रतिशत लाभांश घोषणा



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश घोषणा गरेको छ ।


हिजो बसेको संचालक समितिको बैठकले कम्पनिको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर बोनस शेयरमा लाग्ने कर बापत चुक्ता पूँजीको ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्स्को चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ। ७ प्रतिशतका दरले ७ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर शेयरधनीलाई वितरण गरेपछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ पुग्नेछ ।

उक्त बोनस शेयर बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश शेयरधनीहरुलाई वितरण गरिने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्