कामना सेवाको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

कामना सेवाको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । कामना सेवा विकास बैंकले माघ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज (फागुन ६ गते) अन्तिम दिन हो ।

बैंकले माघ २२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो । कुल निष्काशन गरिएको ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने भने बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । जसमा २० हजार कित्ता भने सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।

बैंकले बिक्रीमा ल्याएको ऋणपत्रमा इच्छुक आवेदकहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्