लाइफ इन्स्योरेन्स कर्पोरेशनको बिहीबारसम्म शेयर किन्नेले लाभांश पाउने « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

लाइफ इन्स्योरेन्स कर्पोरेशनको बिहीबारसम्म शेयर किन्नेले लाभांश पाउने



काठमाडौं । आजसम्म शेयर किन्नेले लाइफ इन्स्योरेन्स कर्पाेरेशनको लाभांश पाउने भएका छन् । फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र पाउनेछन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गतेदेखि २५ गतेसम्म शेयर दाखिला खारेज गर्ने जनाएको छ ।

कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले फागुन २५ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारणसभामा कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांशको प्रस्ताव लिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ नाघ्नेछ ।


प्रतिक्रिया दिनुहोस्