एनएमबि बैंकको सिईओमा केसी पुनः नियुक्त « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

एनएमबि बैंकको सिईओमा केसी पुनः नियुक्त



काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी पुनः नियुक्त भएका छन् । बैंकको फागुन ११ गते बसेको संचालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सिइओ नियुक्त गरेको हो ।

केसीको पहिलो कार्यकाल यहि फागुुन मसान्तमा सकिँदैछ । बैंकले आगामी चैत १ गतेदेखि लागू हुनेगरी दोस्रो कार्यकालका लागि सिईओ नियुक्त गरेको हो ।

३० बर्षभन्दा बढि बैंकिङ अनुभव भएका केसीले तत्कालीन ग्रिण्डलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करिअर सुरु गरेका हुन् । एनएमबी बैंकमा भने उनी सन् २००८ मा नायब महाप्रबन्धकको रुपमा छिरेका थिए । स्नातकसम्म विज्ञान पढेका केसीले एमबिए गरेका छन् । एनएमबि बैंकलाई यो स्थानमा ल्याउनमा केसीको महत्व पुर्ण योगदान छ ।


प्रतिक्रिया दिनुहोस्