असारबाट नयाँ शैक्षिक सत्र शुरु हुने « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

असारबाट नयाँ शैक्षिक सत्र शुरु हुने



काठमाडौं । नयाँ शैक्षिक सत्र अब असार बाट शुरु हुने भएको छ । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने छ ।

नियमावलीमा भएको संशोधन अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सकिने छ । भने अरु बर्ष बैशाखमा सुरु हुने नयाँ शैक्षिक सत्र असार १ गतेदेखि सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।

संशोधित शिक्षा नियमावलीमा, ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ’ भन्ने कुरा उल्लेख गरिएको छ ।

शिक्षा मन्त्रालयले गत असोज १ गतेबाट ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ लागू तथा मूल्यांकन गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो ।

सिकाइ सहजीकरणमा विद्यार्थी जोड्न नसकेका विद्यालयहरुमा माघ महिनाबाट भौतिक उपस्थितिमा विद्यालय सन्चालन सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्