सानिमा लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, हेनुहोस कति छ ? « Artha Path
९ फाल्गुन २०७७, आईतवार

सानिमा लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर, हेनुहोस कति छ ?



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नायाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनिले आथिर्क वर्ष २०७५/०७६ को लागि बीमितलाई प्रदान गर्ने उक्त बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले आथिर्क वर्ष २०७५/०७६ को बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा समितिबाट फागुन ५ गते स्वीकृत भए अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमाङ्कका रकममा बोनस दर निर्धारण गरेको कम्पनिले जनाएको छ ।

इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्