मंगलबार २ कम्पनिको ११ लाख ६० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

मंगलबार २ कम्पनिको ११ लाख ६० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ११ लाख ६० हजार ४ सय ४६.९७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा सुचिकुत भएको आईसीएफसी फाइनान्सको शेयरधनीहरुलाई प्रदान गरेको १०.५० प्रतिशत बोनस बापत ९ लाख ७७ हजार ६ सय ३८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यसैगरी स्पर्श लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १९.५० प्रतिशत बोनस बापतको १ लाख ८२ हजार ८ सय ८.९७ कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले एक सुचना जारी गदै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्