राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश, प्रविधिमैत्री सेवा प्रवाहमा ध्यान केन्दित गर्न आग्रह « Artha Path
११ फाल्गुन २०७७, मंगलवार

राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश, प्रविधिमैत्री सेवा प्रवाहमा ध्यान केन्दित गर्न आग्रह



काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५४ औं वर्ष प्रवेश गरेको अवसरमा मङ्गलबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिष्पर्धी बीमा बजारमा अगाडि बढ्न आग्रह गर्नुभयो ।

मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्दै समयानुकुल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै उहाँले भन्नुभयो‘संस्थानले पारदर्शिता र सुशासनको माध्यमद्घारा सर्वसाधारणको संस्थानप्रतिकाृ विश्वसनियता बढाउँदै छिटो छरितो, गुणस्तरीय र प्रविधिमैत्री सेवामार्फत आफ्नो प्रतिष्ठा बढाउनुस ।’

जीवन बीमा सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पु¥याइ बीमाको पहँुच र दायरामा बृद्घि गर्दै संस्थागत सुशासन र वित्तीय पारदर्शितालाई केन्द्रमा राखी गतिविधि अघि बढाउन उहाँको आग्रह थियो ।समिति नियामक निकाय भएता पनि नियन्त्रणमा मात्रै विश्वास नगर्ने भन्दै उहाँले भन्नुभयो – ‘समितिले बीमा बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ, यसलाई कसरी नियमित गर्न सकिन्छ । यसलाई कसरी पारदर्शी गर्न सकिन्छ र यसलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ भनेर काम गरिरहेका छौं ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले प्रतिष्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थाललाई आग्रह गर्नुभयो । व्यवसायिक क्षेत्रमा हने जोखिम न्यूनीकरण गर्दै सुरक्षित व्यवसाय सुनिश्चित गर्न बीमा क्षेत्रको भूमिका महत्वपूण हुने भन्दै उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी मुलुकले परिलक्षित गरेको समावेशी आर्थिक विकास मार्फत आर्थिक समृद्घि हासिल गर्न बीमा व्यवसाय ठोस आधार स्तम्भ हुने बताउनुभयो ।

नेपालको ग्रामीण क्षेत्रमा बीमाको पहुँच अत्यन्त न्यून रहेको सन्दर्भमा संस्थानले बीमाको पहुँच विस्तारमार्फत उद्योग व्यवसायको विकास र विस्तारमा अझ थप योगदान पु¥याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले विगतका तुलनमा बीमाको पहुँच बृद्घि भएको भएपनि अझै विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।मुलुकको जेठो बीमा कम्पनीको रुपमा रहेको संस्थानको बजार हिस्सा पनि जेठो नै हुनुपर्नेमा उहाँको जोड थियो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले राष्ट्रको समु्चित आर्थिक बृद्घिका लागि अन्तरिक स्रोत र साधनलाइ परिचालन गर्दै वित्तीय क्षेत्रको विकास गर्ने तथा बीमितहरुको जीवनमा आइपर्ने जोखिमलाइ न्यूनीकरण गरेर सुखी र सम्बृद्घ समाजको परिकल्पनामा आजभन्दा ५३ बर्ष अगाडि सरकारको पूर्ण स्वामित्वमा संस्थानको स्थापना भएको बताउनुभयो ।कर्मचारीहरुको सावधिक जीवन बीमा गर्ने सम्झौताका कारणले संस्थानको अवस्था मजबुत बनेर बीमा प्रिमियम ह्वात्तै बढेको उहाँले बताउनुभयो । अगामी वर्ष वार्षिकोत्सवकै दिन सार्वजनिक गरिएको आवधिक जीवन बीमा (टर्म लाइफ इन्स्योरेन्स) का कारणले सरकारी संस्थान, स्थानीय निकाय, बंैक, सहकारी संस्थाहरुमा यो प्रडक्ट लगेर सामुहिक बीमाको विस्तार गरी बीमा प्रिमियमलाई बढाइने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

संस्थानका प्रशासक कवि प्रसाद पाठकले चालु आ.व. को पौष मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरुले संकलित बीमा शुल्क ६६ अर्ब १६ करोड मध्ये संस्थानले पाँच अर्ब ६८ करोड संकलन गरी बीमा शुल्क संकलनमा संस्थानको बजार हिस्सा ८.५९ प्रतिशत रहेको जानकारी दिनुभयो ।जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको उहाँले बताउनुभयो । सो अवधिमा कुल बीमा लेख संख्या ९१ लाख ५१ हजार ६८७ रहेकोमा संस्थान सात लाख ३५ हजार ८१९ बीमालेख सहित पाचौं स्थानमा रहेको प्रशासक पाठकले बताउनुभयो । नेपाली बीमा बजारमा आफनो हिस्सा क्रमश ः बढाउदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उहाँको भनाई थियो ।

सेयर पूँजी, जीवन बीमा व्यवसायबाट प्राप्त बीमाशुल्क र जीवन बीमाकोषको लगानीबाट प्राप्त प्रतिफल आदि संस्थानका प्रमुख वित्तीय श्रोत भएको बताउँदै उहाँले उपलब्ध वित्तीय स्रोतलाई नियामक निकायबाट प्राप्त नीति, नियम र निर्देशन बमोजिम सुरक्षित र उच्च प्रतिफल प्राप्त हुने गरी लगानीलाई व्यवस्थित गरिएको उहाँले बताउनुभयो ।संस्थानले जारी गरेका बीमालेहरुको आफ्नो धारण क्षमता भन्दा बढी रकमको पुनर्बीमा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीबाट गर्दै आएकोमा देशभित्रै स्थापित नेपाल पुनर्बीमा कम्पनीसँग शतप्रतिशत पुनर्बीमा गर्ने व्यवस्था गरी पुनर्बीमा शुल्कको नाममा रकम विदेशिने कार्यलाई निरुत्साहित गरिएको उहाँको भनाई छ ।

संस्थानको लेखापरीक्षण र साधारणसभा निकै लामो समयदेखि हुन नसकेको भन्दै उहाँले भन्नुभयो – ‘यो नै संस्थानको मुख्य समस्या हो । जीवन बीमामा बीमाङ्कीय मूल्याङ्कन नभई लेखापरीक्षण कार्य सम्पन्न नहुने हुँदा संस्थानको साधारणसभा समेत समयमा सम्पन्न हुन सकेको छैन । विगतका समयमा बीमाङ्कीय मूल्याङ्कन हुन नसक्दा यस्तो अवस्था आउन गएको हो । संस्थानले छ वर्षको बीमाङ्कीय मूल्याङ्कनको कार्य सम्पन्न गरी स्वीकृतिको लागि बीमा समितिमा पठाइएकोमा तीन वर्षको स्वीकृति प्राप्त भएको छ भने अर्को तीन वर्षको समेत स्वीकृति प्राप्त हुने विश्वास लिएका छौं । सो भन्दा पछिल्लो अवधिको बीमाङकीय मूल्याङ्कनको प्रतिवेदन ड्राफ्ट रिपोर्ट बीमाङ्कीबाट प्राप्त गरिसकिएको छ ।

अघिल्लो अवधिको स्वीकृति प्राप्त हुनासाथ मिलाउनुपर्ने विषयहरु समायोजन गरी स्वीकृतिको लागि समितिमा पठाइने भन्दै उहाँले भन्नुभयो – ‘बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन र अघिल्लो वर्षको वित्तीय विवरण स्वीकृत नभई पछिल्लो वर्षको लेखापरीक्षण कार्यलाई अन्तिम रुप दिन नसकिने बाध्यताका कारण संस्थानको लेखापरीक्षण सम्पन्न गर्न कठिनाई भएको व्यवहोरा अनुरोध गर्दै सम्बन्धित निकायबाट सकारात्मक पहलको अपेक्षा गर्दछु । उक्त प्रतिवेदनहरु तथा वित्तीय विवरणहरु समितिबाट स्वीकृति प्राप्त हुनासाथ बाँकीअवधिको लेखा परीक्षण कार्यलाई अन्तिम रुप दिई स्वीकृतिको लागि पठाउने प्रतिबद्घता व्यक्त गर्दछु ।

लेखापरीक्षण पश्चात बाँकी अवधिको साधारणसभा सम्पन्न गरिने जानकारी दिंदै उहाँले भन्नुभयो – ‘संस्थानले आन्तरिक लेखापरीक्षणलाई नियमितता दिनुको साथै वित्तीय विवरणहरु त्रैमासिक रुपमा प्रकाशन गर्ने गरेको छ । लेखा प्रणालीलाई पारदर्शी र व्यवस्थित गराउन एनएफआरएस लागु गर्न लेखापरीक्षकको नियुक्ति गरी कार्य अगाडि बढाइएको छ ।संस्थानको नयाँ प्रडक्ट आवधिक जीवन बीमा (टर्म लाइफ इन्स्योरेन्स) सार्वजनिक गरिएको सो कार्यक्रममा संस्थानमा उत्कृष्ट काम गर्ने अभिकर्ता, कर्मचारी र शाखाहरुलाई पुरस्कृत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्