लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकले पिलुवा खोलामा कर्जा लगानी गर्ने « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकले पिलुवा खोलामा कर्जा लगानी गर्ने



काठमाडौं । लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकले पिलुवा खोला–३ जलविद्युत आयोजना सहवित्तीयरकणअन्तर्गत कर्जा लगानी गर्ने भएको छ । दुई बैंक र माबिलुङ्ग इनर्जीबीच सोमबार सम्झौता भएको हो ।

उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रुपैयाँ रहेको छ । बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको आफ्नै लगानी रहनेछ । यसमा लक्ष्मी बैंकको ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकको २५ करोड ६० लाख रुपैयाँ लागत रहनेछ ।

माबिलुङ्ग इनर्जी र नेपाल विद्युत प्राधिकरणबीच २०७५ चैत १२ गते विद्युत खरिदसम्बन्धी सम्झौता भएको थियो भने गत श्रावण ९ गते ऊर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमति प्राप्त गरेको हो । माबिलुङ्ग इनर्जीलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्सलगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन् र सोका अध्यक्ष राजेश लाल श्रेष्ठ छन् ।

उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले झण्डै २८.४१७ गेगावाटआवर (जिडबल्यूएच) विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेब्रुअरी २०२२ सम्ममा संचालनमा आउने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्