मुक्तिनाथ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशतमा ब्याज दिने « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

मुक्तिनाथ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशतमा ब्याज दिने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशतमा ब्याज दिने भएको छ । बैंकले २ वर्षे व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज उपलब्ध गराउने स्किम ल्याएको हो ।

स्किमअन्तर्गत न्यूनतम ५ हजारदेखि अधिकतम आफूले चाहेको रकम मुद्दति निक्षेपका रुपमा राख्न सक्नेछन् । यो स्किम फागुन मसान्त, ०७७ सम्म लागू हुने बैंकले जनाएको छ । व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने यो ब्याज अन्य बैंक तथा वित्तीय संस्थाले दिँदै आएको ब्याजको तुलनामा सबैभन्दा बढी पनि हो ।


प्रतिक्रिया दिनुहोस्