स्रोत नखुलेको २५ लाख नगदसहित दुई भारतीय नागरिक पक्राउ « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

स्रोत नखुलेको २५ लाख नगदसहित दुई भारतीय नागरिक पक्राउ



काठमाडौं । स्रोत नखुलेको २५ लाख नगदसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले कलैयाबाट पक्राउ परेका छ ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया ७ का ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई प्रहरीले बिआर-०५के – ०७९८ नम्बरको मोटरसाइकलमा हिडिरहेको बेला बुधबार राति साढे ११ बवे कलैया उपमहानगरपालिका ८ बरेवा टोलबाट पक्राउ गरेको हो ।

उजीहरुको साथबाट चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २५ लाख ३५ हजार रकम फेला परेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।


प्रतिक्रिया दिनुहोस्