आईपीओ रिजल्ट अनलाइनमा रोक लगाएपछि कहाँबाट हेर्ने ? सिडिएससिले मिलायो तीन माध्यमबाट मात्रै हेर्न पाइने यस्तो छ ब्यवस्था « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

आईपीओ रिजल्ट अनलाइनमा रोक लगाएपछि कहाँबाट हेर्ने ? सिडिएससिले मिलायो तीन माध्यमबाट मात्रै हेर्न पाइने यस्तो छ ब्यवस्था



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन सञ्चार माध्यमहरू तथा निजी संस्थाहरूले साधारण शेयर (आईपीओ) को नतिजा सार्वजनिक गर्न नपाउने ब्यवस्था गरेपछि लगानीकर्ता दुविद्धामा परेका छन् ।

कुन माध्यमबाट हेर्ने भनेर दुविधामा परेका लगानीकर्तालाई सिडिएस एण्ड क्लियरिङ लिमिटेडलले विभिन्न ३ माध्यमबाट आइपीओको नतिजा हेर्न मिल्ने ब्यवस्था गरेकोका छ ।

लगानीकर्ताले अब कुनैपनि कम्पनीको साधारण शेयर (आइपीओ) को नतिजा मेरो शेयर, बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटबाट मात्रै हेर्न पाउने ब्यवस्था मिलाएको हो ।

यसअघि निजी सञ्चार माध्यमहरुले समेत आइपीओको नतीजा प्रकाशन गर्ने गरेका थिए । अब भने आइपीओ रिजल्ट बिक्री प्रबन्धक, आइपीओ जारी गर्ने कम्पनी र सिडिएससिले मात्रै पाउने भएका छन् । सम्बन्धित कम्पनी, आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा सार्वजनिक गर्न पाउने ब्यवस्था गरिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । यो व्यवस्था भोलि बाँडफाँड हुन लागेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओबाट नै लागू हुने भएको पनि न्यौपानेले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्