विहिबार दुई वाणिज्य बैंकको २ करोड ७६ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

विहिबार दुई वाणिज्य बैंकको २ करोड ७६ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा आज २ वाणिज्य बैंकको २ करोड ७६ लाख ५७ हजार ३ सय ८६.४६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।


बोनस शेयर सुचिकृत भएको कृषि विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको १ करोड ४३ लाख ३४ हजार ६ सय ९१.०४६४ कित्ता शेयर र मेगा बैंकले शेयरधनीहरुलाई दिएको १० प्रतिशत बोनस बापतको १ करोड ३३ लाख २२ हजार ६ सय ९५.४१६० कित्ता बोनस शेयर आज विहिबार नेपसेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्