निफ्रा बैंकको बजारपुँजीकरण १ खर्ब माथि पुगेपछि जीडीपीको आकार नजिक पुग्यो बजारपुँजीकरण « Arthapath.com
१४ फाल्गुन २०७७, शुक्रबार

निफ्रा बैंकको बजारपुँजीकरण १ खर्ब माथि पुगेपछि जीडीपीको आकार नजिक पुग्यो बजारपुँजीकरण



काठमाडौं । नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । सेयर बजारमा बजार पुँजीकरण ३६ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । योसँगै सेयर बजारमा बजार पुँजीकरण मुलुकको कुल ग्राहस्थ उत्पादनको नजिक पुगेको हो ।

नेप्सेमा २ वटा ग्लोवल आइएमई बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बजार पुँजीकरण १ खर्बभन्दा माथि पुगेको हो । आईपीओ जारी गरेपछि दोस्रो बजारमा गत आइतबारदेखि कारोबार शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५ दिनमै बजारपुँजीकरण १ खर्ब माथि पुगेको हो ।

हाल बजारपुँजीकरणका हिसाबले सबैभन्दा अगाडि नेपाल दूरसञ्चार कम्पनीको २ खर्ब ३२ करोड ५० लाख रुपैयाँ छ । त्यसैगरी, नबिल बैंकको बजारपुँजीकरण १ खर्ब ८४ अर्ब २७ करोड ३७ लाख ६५ हजार ३२८ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बजारपुँजीकरण १ खर्ब ६३ अर्ब ५१ करोड १३ लाख २७ हजार ७८४ रुपैयाँ छ ।

त्यसैगरी, अन्य कम्पनीमा नेपाल रि–इन्स्योरेन्स कम्पनीको बजारपुँजीकरण १ खर्ब ५५ अर्ब ५० करोड रुपैयाँ, नागरिक लगानीकोषको बजारपुँजीकरण १ खर्ब ४१ अर्ब १४ करोड ६७ लाख ५३ हजार ५५० रुपैयाँ, एनआईसी एसिया बैंकको बजारपुँजीकरण १ खर्ब ११ अर्ब ३६ करोड १३ लाख ७३ हजार ९२८ रुपैयाँ पुगेको छ ।

आइतबारदेखि कारोबार शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बजारपुँजीकरण बिहीबार मात्रै १ खर्ब पुगेको हो । हाल बैंकको बजारपुँजीकरण १ खर्ब ९ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने यही साता ग्लोवल आइएमई बैंक पनि बजारपुँजीकरणका हिसाबले १ खर्बभन्दा बढी हुने कम्पनीमा सामेल भएको छ । बैंकको हालको बजारपुँजीकरण १ खर्ब ५ अर्ब १३ करोड ३९ लाख ६१ हजार ६६४ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्