आइपीओ निष्काशन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टलाई त्रिपल बी प्लस रेटिङ प्रदान « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

आइपीओ निष्काशन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टलाई त्रिपल बी प्लस रेटिङ प्रदान



काठमाडौं । बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टलाई रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी–आइआर त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था मध्यम रहेको जनाउछ । सर्वोत्तमले बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीको माघ ६ गते सम्पन्न साधारण सभाले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ ।

कम्पनीले ६० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइने कम्पनीले जनाएको छ । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासी, ३ लाख कित्ता कर्मचारी र २५ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्