एनआईसी एशिया बैंकको कार्ड प्रयोग गरी sastodeal मार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्र्ता « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

एनआईसी एशिया बैंकको कार्ड प्रयोग गरी sastodeal मार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्र्ता



कठमाडौं । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आएको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म sastodeal मार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ ।बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहकहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको छ । बैंक र sastodeal बीचको समझदारीअनुसार २०७७ फाल्गुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नेछन

। यसका लागि ग्राहकहरूले सामग्री गरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात दिनपछि बैंकले नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था समेत गरेको छ ।यस योजनामा यस बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिगेका ग्राहकहरुसहभागी हुन सक्नुहुनेछ । यसका लागि ग्राहकहरूले बैंकको iServe डिजिटल सेवा https://iserve.nicasiabank.com मा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुचारु गरी अनलाईन भुक्तानी गर्न सक्नुहुनेछ ।

अनलाइन किनमेल गर्नेहरूको संख्यामा उल्लेख्य बृद्धि भएसँगै अनलाइन भुक्तानी गर्नेहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकलाई Cashless Economy बनाउन सहयोग पु¥याउन यस योजनाले सहयोग गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकको देशभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्