शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा, २७.७६९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रश्ताव पारीत हुने « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा, २७.७६९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रश्ताव पारीत हुने



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनिले साधारण सभा बोलाएको छ । हिजो बसेको संचालक समितिको बैठकले कम्पनिको शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव र पुनः हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाउने निर्णय गरेको कम्पनिले जनाएको छ ।

कम्पनिको साधारण सभा चैत ९ गते सोमबार, केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा १५ औँ र १६ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनिको साधारण सभाले आर्थिक वर्षमा बाँडफाँट गरेको हकप्रद शेयरपश्चात कायम चुक्ता पूँजीको २७.७६९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रस्तावित बोनस गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३६.१ प्रतिशत र नगद लाभांश १.९ प्रतिशत हो।

साधारण सभा गर्नको लागि इन्स्योरेन्सको फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुकक्लोज हुने छ ।


प्रतिक्रिया दिनुहोस्