सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रोक्का गरेको छ । बैंकको शेयर कारोबार आजबाट रोक्का भएको हो ।

बैंकका लाभांश घोषणा गरेको सूचना कारोबार समयमा नै नेप्सेमा पठाएको भन्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२९१०(घ) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने, सूचना, जानकारी तथा निर्णय सिर्जना भएको सोही दिन अथवा भोलिपल्ट कारोबार खुल्नु अघि बुझाउनु पर्नेमा बैंकले उक्त व्यवस्था पालना नगरेको भन्दै कारोबार रोक्का गरेको नेप्सेले एक सुचना जारी गदै जानकारी दिएको छ ।

बैंकलाई नेप्सेले उक्त विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन समेत दिएको छ ।

बैंकको आजै बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जानकारी दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्